Content in Other Languages > Nepali

"iAM Smart" को बारेमा

"iAM Smart" सिंहावलोकन

"iAM Smart" मोबाइल एपले डिजिटल सेवाहरूको व्यक्तिकृत 'वन-स्टप' (एकै ठाउँमा उपलब्ध) प्लेटफर्म प्रदान गर्दछ, जसले प्रयोगकर्ताहरूलाई आफ्नै मोबाइल फोनमार्फत स्मार्ट र सहज तरिकाले लग-इन गरी अनलाइन सेवाहरू प्रयोग गर्न दिन्छ।

"iAM Smart" का प्रयोगकर्ताहरूले "iAM Smart" मोबाइल एप वा वेबसाइट सेवाहरूमार्फत प्रमाणीकरण (authentication), डिजिटल हस्ताक्षर (digital signing) र "e-ME" form-filling कार्यहरू गर्न सक्छन्, जसले गर्दा उनीहरू सजिलै लग-इन गरी "iAM Smart" सक्षम गरिएका अनलाइन सेवाहरू प्रयोग गर्न सक्छन्। यसका साथै, "iAM Smart" का प्रयोगकर्ताहरूले "iAM Smart" मोबाइल एपमार्फत सरकारी सेवासम्बन्धी अद्यावधिक जानकारी प्राप्त गर्न निजी सहायक (Personal Assistant) सेवाहरू सेटअप गर्न सक्नेछन्।

हङकङ परिचयपत्र (HKIC) भएका र 11 वर्ष वा सोभन्दा माथिका उमेरका हङकङका सबै बासिन्दाहरू "iAM Smart" का लागि दर्ता हुन योग्य छन्। 11 देखि 17 सम्मको उमेरका बासिन्दाहरूको दर्ता आमाबाबु वा अभिभावकको सहमतिमा गर्नुपर्छ।

(टिप्पणी: यदि बासिन्दाहरूले "iAM Smart" मोबाइल एप वा स्व-दर्ता किओस्क मार्फत दर्ता गर्छन् भने, सहमति दिने आमाबाबु / अभिभावकहरू "iAM Smart" प्रयोगकर्ताहरू हुनुपर्छ।)

Authentication - विभिन्न अकाउन्टका नाम र पासवर्डहरू सम्झिरहनु पर्दैन Authentication - विभिन्न अकाउन्टका नाम र पासवर्डहरू सम्झिरहनु पर्दैन
  • बासिन्दाहरूले एकल पहिचानमार्फत अनलाइन सेवाहरू लिन बायोमेट्रिक वा पिन (PIN) प्रमाणीकरणको प्रयोग गर्न सक्छन्।
  • फरक-फरक खाताका नाम र पासवर्डहरू सम्झिरहनुपर्दैन।
  • थप प्रमाणीकरण (Step-up Authentication) - (दर्ता गरिएको "iAM Smart+" खाताका लागि मात्र लागू हुने)
  • बासिन्दाहरूले अनुहार पहिचान र/वा नियर फिल्ड कम्युनिकेसन (near field communication (NFC)) प्रविधिमार्फत परिचयपत्रमा भण्डार गरिएको डाटा प्राप्त गरी प्रयोगकर्ताको पहिचान पुष्टि गर्न थप प्रमाणीकरण (step-up authentication) प्रक्रिया पूरा गर्न सक्छन्।
"e-ME" Form Filling - एउटै व्यक्तिगत विवरण बारम्बार भर्नुपर्दैन र ठेगानाको प्रमाण पटक-पटक अपलोड गर्नुपर्दैन "e-ME" Form Filling - एउटै व्यक्तिगत विवरण बारम्बार भर्नुपर्दैन र ठेगानाको प्रमाण पटक-पटक अपलोड गर्नुपर्दैन
  • यो स्वतः फारम भर्नेको कार्य हो।
  • "e-ME" profile मा स्वेच्छिक रूपमा उपलब्ध गराइएका खातासम्बन्धी जानकारी र व्यक्तिगत विवरणहरू अनलाइन फारमहरू भर्नका लागि प्रयोग गर्न सकिन्छ।
  • एउटै व्यक्तिगत विवरण बारम्बार भर्नुपर्दैन र ठेगानाको प्रमाण पटक-पटक अपलोड गर्नुपर्दैन।
निजी सहायक (Personal Assistant) - व्यक्तिकृत नोटिफिकेसन (personalised notification), डिजिटल कागजात (digital document), बिलिङ तथा मौज्दातसम्बन्धी जानकारी (billing and balance information), गर्नुपर्ने कामको सूची (to-do list) र आवेदनको स्थिति (application status) पहुँच गर्ने निजी सहायक (Personal Assistant) - व्यक्तिकृत नोटिफिकेसन (personalised notification), डिजिटल कागजात (digital document), बिलिङ तथा मौज्दातसम्बन्धी जानकारी (billing and balance information), गर्नुपर्ने कामको सूची (to-do list) र आवेदनको स्थिति (application status) पहुँच गर्ने

प्रयोगकर्ताले एकीकृत इन्टरफेसमार्फत डाटा प्रदायकहरूसँगका तपाईंका व्यक्तिगत कारोबारहरूमा पहुँच प्राप्त गर्न सक्छन्, जसमा निम्न कुराहरू समावेश छन्:

  • व्यक्तिकृत नोटिफिकेसन (Personalised Notification);
  • डिजिटल कागजात (Digital document);
  • बिलिङ तथा मौज्दातसम्बन्धी जानकारी (Billing and balance information);
  • गर्नुपर्ने कामको सूची (To-do list); तथा
  • आवेदनको स्थिति (Application status)।
डिजिटल हस्ताक्षर (Digital Signing )- कानुनी मान्यताप्राप्त डिजिटल हस्ताक्षर डिजिटल हस्ताक्षर (Digital Signing )- कानुनी मान्यताप्राप्त डिजिटल हस्ताक्षर
  • दर्ता गरिएका "iAM Smart+" खातामा मात्र लागू हुने
  • Electronic Transactions Ordinance - Cap. 553 अन्तर्गत डिजिटल हस्ताक्षर (digital Signing) को सुविधा उपलब्ध गराइएको छ। 'iAM Smart+' खाताका प्रयोगकर्ताहरूले डिजिटल हस्ताक्षर (digital Signing) गर्नका लागि 'iAM Smart-Cert' को प्रयोग गर्न सक्छन् जसलाई आधिकारिक कागजात तथा प्रक्रियाहरू सञ्चालन गर्नका लागि कानूनी मान्यता दिइएको छ।

"iAM Smart" दर्ता

  • बासिन्दाहरूले "iAM Smart" मोबाइल एप डाउनलोड गरी इन्स्टल गर्न सक्छन् र टाढाबाट नै "iAM Smart+" का लागि अनलाइन दर्ता गर्न सक्छन्। "iAM Smart+" मा दर्ता हुनका लागि बासिन्दाहरू विभिन्न जिल्लाहरूमा रहेका स्वयं-दर्ता किओस्क वा दर्ता सेवा काउन्टरहरूमा जान सक्छन्। सरकारले आवश्यकता भएका व्यक्तिहरू (ज्येष्ठ नागरिकजस्ता) लाई दर्ता प्रक्रियामा सहयोग पुर्‍याउन सपिङ मल र सरकारी परिसरजस्ता धेरै मानिसको आवतजावत हुने स्थानहरूमा मोबाइल दर्ता टोलीहरूको व्यवस्था पनि गर्नेछ।
  • Registration Locations दर्ता स्थलहरू (हाल अंग्रेजी र चिनियाँ भाषामा मात्र उपलब्ध)

"iAM Smart" खाता "iAM Smart" र "iAM Smart+" गरी दुई संस्करणहरूमा उपलब्ध छ। "iAM Smart" ले सामान्य पहिचान प्रमाणीकरण (authentication), "e-ME" form filling र निजी सहायक (Personal Assistant) को सेवा प्रदान गर्दछ भने "iAM Smart+" ले थप डिजिटल हस्ताक्षर (digital signing) र स्टेप-अप प्रमाणीकरण (step-up authentication) का सुविधाहरू पनि प्रदान गर्दछ। निम्न माध्यमहरूबाट बासिन्दाहरूले "iAM Smart" का लागि दर्ता गर्न सक्छन्:

  • स्मार्ट परिचयपत्र (smart identity card) भएका बासिन्दाहरूले "iAM Smart" मोबाइल एपको नवीनतम संस्करणमार्फत "iAM Smart+" को टाढाबाटै दर्ता गर्न NFC (Near Field Communication) सुविधा भएको आफ्नो व्यक्तिगत मोबाइल फोन प्रयोग गर्न सक्छन्। हङकङ परिचयपत्र (HKIC) को फोटो खिच्ने, NFC मार्फत त्यसमा भण्डार गरिएको विवरण प्राप्त गर्ने र सेल्फी लिने प्रक्रियाको माध्यमबाट, मोबाइल फोनको प्रयोग गरी सम्पूर्ण कार्य अनलाइनमै सम्पन्न गर्न सकिन्छ;
  • तोकिएका सरकारी परिसर तथा सार्वजनिक स्थानहरूमा रहेका "iAM Smart" स्वयं-दर्ता किओस्क मार्फत व्यक्तिगत रूपमा दर्ता। प्रणालीले हङकङ पहिचान कार्ड (HKIC) मा भण्डारण गरिएको डाटा पुन: प्राप्त गर्नेछ र यसका लागि सेल्फी चाहिन्छ; वा
  • "iAM Smart" दर्ता सेवा काउन्टर वा "iAM Smart" मोबाइल दर्ता टोलीमार्फत व्यक्तिगत रूपमा दर्ता। कर्मचारीहरूले आवेदकको हङकङ परिचयपत्र (HKIC) जाँच तथा रूजु गर्नेछन्। यस प्रक्रियाको क्रममा HKIC को फोटो वा सेल्फी लिनु आवश्यक छैन।
  • Registration Methods दर्ता विधिहरू (हाल अंग्रेजी र चिनियाँ भाषामा मात्र उपलब्ध)

सुरक्षा र गोपनीयता

"iAM Smart" प्लेटफर्मको विकास गर्ने क्रममा, Digital Policy Office (DPO) ले सूचना प्रविधि सुरक्षासम्बन्धी सरकारी नीति तथा निर्देशिकाहरूका साथै Personal Data (Privacy) Ordinance को कडाइका साथ पालना गर्दै आएको छ।

विस्तृत विवरणहरू

ठेकेदार व्यवस्थापनको सन्दर्भमा:

  • प्रणाली विकास तथा मर्मतसम्भार सहायताको क्रममा, ठेकेदारहरूले परीक्षण डाटाको मात्र प्रयोग गर्न र विकास तथा परीक्षण वातावरणमा मात्र काम गर्न सक्छन्। तसर्थ, उनीहरूसँग कुनै पनि बासिन्दाको व्यक्तिगत तथ्याङ्कमा पहुँच हुँदैन।
  • DPO ले व्यक्तिगत डाटामा पहुँच आवश्यक पर्ने DPO कर्मचारीहरूका लागि पहुँच नियन्त्रण तथा निरिक्षण संयन्त्र पनि स्थापना गर्नेछ।

प्रणाली व्यवस्थापनको सन्दर्भमा:

  • DPO ले "iAM Smart" प्रणालीमा रहेका मुख्य तथ्याङ्कहरू (प्रयोगकर्ताहरूको व्यक्तिगत तथ्याङ्क लगायत) अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त एडभान्स्ड इन्क्रिप्सन स्ट्यान्डर्ड (Advanced Encryption Standard) को प्रयोग गरी इन्क्रिप्ट गरिएको र सरकारी डाटा सेन्टरमा भण्डारण गरिएको सुनिश्चित गर्नेछ।
  • उद्योगको इन्क्रिप्सन मापदण्डहरूको पालना गर्न तथा इन्टरनेटमार्फत तथ्याङ्क आदानप्रदान गर्दा त्यसको सुरक्षा र अखण्डता सुनिश्चित गर्न, तथ्याङ्क इन्क्रिप्ट गर्न ट्रान्सपोर्ट लेयर सेक्युरिटी (Transport Layer Security) को पनि प्रयोग गरिनेछ।

सुरक्षा मापदण्ड र गोपनीयता संरक्षणको सन्दर्भमा:

  • मोबाइल फोन वा स्वयं-दर्ता किओस्क (self-registration kiosk) मार्फत "iAM Smart" वा "iAM Smart+" का लागि दर्ता गर्दा उपलब्ध गराइएका HKIC का तस्बिरहरू तथा बासिन्दाहरूले खिचेका सेल्फीहरू प्रयोगकर्ताको पहिचान पुष्टि भएलगत्तै मेटाइनेछन्।
  • दर्ताको क्रममा उपलब्ध गराइएका अन्य व्यक्तिगत विवरणहरू "iAM Smart" वा "iAM Smart+" खाता व्यवस्थापनका लागि मात्र प्रयोग गरिनेछन्। प्रयोगकर्ताको डाटा इन्क्रिप्ट गरी सरकारी डाटा सेन्टरमा भण्डारण गरिनेछ।
  • "iAM Smart" सेवाहरूले ISO/IEC 27001 र ISO/IEC 27701 अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणीकरण प्राप्त गरेका छन् र यसले DPO ले सूचना सुरक्षा तथा गोपनीयता व्यवस्थापनसम्बन्धी विस्तृत उपायहरू तर्जुमा गरी कार्यान्वयनमा ल्याएको कुरा सुनिश्चित गरेको छ। यी उपायहरूले प्रयोगकर्ताको जानकारी र गोपनीयताको व्यवस्थापन तथा संरक्षण गर्ने लक्ष्य राख्दछन्। निरन्तर रूपमा प्रमाणिकरण आवश्यकताहरू पूरा गर्न उपयुक्त उपायहरू भएको सुनिश्चित गर्न एकीकृत व्यवस्थापन प्रक्रियाहरू अपनाइएका छन्।
जालसाजी वेबसाइटहरूको बारेमा सचेत हुनुहोस्

Digital Policy Office (DPO) ले नागरिकहरूलाई उनीहरूको व्यक्तिगत विवरण उपलब्ध गराउन लगाई ठगी गर्ने उद्देश्यले सञ्चालित निम्न नक्कली वेबसाइटहरूबारे सर्वसाधारणलाई सचेत गराउँछ।

  • lamsmart-services[.]run/
  • iamsmart-hk[.]run/
  • iamsmart-services[.]info
  • iamsmart-services[.]icu
  • iamsmarts-service[.]info

(8 सेप्टेम्बर 2025 मा अद्यावधिक, उल्टो समयक्रमानुसार)

DPO ले ती नक्कली वेबसाइटहरूको "iAM Smart" सँग कुनै सम्बन्ध छैन भनी जोड दिन्छ। अपरिचित इमेल वा सन्देशहरू प्राप्त गरेमा सर्वसाधारणहरू सतर्क रहनुपर्छ तथा शंकास्पद वेबसाइटहरूमा जाने वा तिनीहरूमा व्यक्तिगत विवरणहरू खुलाउने काम गर्नुहुँदैन। "iAM Smart" सम्बन्धी जानकारीका लागि कृपया हटलाइन 182 123 मा फोन गर्नुहोस् वा enquiry@iamsmart.gov.hk मा इमेल गर्नुहोस्।

नेपाली संस्करणमा छानिएका केही मुख्य जानकारीहरू मात्र समावेश छन्। तपाईंले हाम्रो वेबसाइटको सम्पूर्ण सामग्री अंग्रेजी, परम्परागत चिनियाँ वा सरलीकृत चिनियाँ भाषामा हेर्न सक्नुहुन्छ।

कुनै असंगति देखिएमा अंग्रेजी संस्करण नै मान्य हुनेछ।